Logo

Student Corner

म को हुँ ?

Written by: Pasang Doma Sherpa - 30019, Grade V

Posted on: 20 February, 2023

म को हुँ ?

भनेर म आफैँलाई प्रश्न गर्थेँ ।

म को हुँ ?


 

यस्तो गाह्रो प्रश्न छ यो,

यस्तो गहिरो प्रश्न छ यो,

उत्तर खोज्दै हराउँछौँ हामी,

यस्तो प्रश्नको उत्तर ।


 

यो जीवनले हामीलाई समस्या पनि ल्याउँछ,

त्यही बेला हामी आफैँलाई सोध्छौँ,

म को हुँ ?

 र म को हु ?


 

म को हुँ भन्ने प्रश्नको उत्तर,

मेरो नाम यो हो भन्छौँ ।

तर यो त्यो प्रश्नको उत्तर हो र ?  


 

‘म को हुँ’

भनेको मैले गरेको कामलाई झल्काउँछ,

भनेर मैले यो लामो यात्रामा 

बल्ल-तल्ल बुझेँ ।


 

त्यसैले केही गर्नु अघि सोच्नुपर्छ,

किनभने त्यो एउटा छाप हो,

म यो लामो यात्रामा सिक्दै छु ।

अब आफैँलाई प्रश्न गर्नुहोस्,

तपाईँ को हुनुहुन्छ ?