Logo

Student Corner

मेरो देश नेपाल

Written by: Sanidhya Tripathi - 32033, Grade III

Posted on: 20 February, 2023


मेरो देशको नाम नेपाल हो । हाम्रो देश निकै राम्रो छ । हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको देश हो । हाम्रो देशमा विभिन्‍न प्रकारका जनावर र चराचुरुङ्गीहरू पाइन्छन् । हाम्रो देश अग्लो हिमाल सगरमाथा भएको देश हो । सगरमाथा चढ्नका लागि विदेशीहरू आउने गर्दछन् । नेपालमा हाल ७ प्रदेश र ७७ जिल्लाहरू छन् । मेरो जिल्लाको नाम काठमाडौँ हाे । यो सहर निकै ठुलो र राम्रो छ । मलाई मेरो देश धेरै मन पर्छ ।