Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Sharvaya Raj Chapagain - 34016, Grade I

Posted on: 20 February, 2023

मलाई मन पर्ने लुगा टिसर्ट र ट्राउजर हो । म घरमा बस्दा र बाहिर जाँदा टिसर्ट र ट्राउजर लगाउँछु । मलाई टिसर्ट र ट्राउजर लगाउन मन पर्छ किनभने यो लुगा निकै सजिलो हुन्छ । विद्यालय जाँदा पनि म टिसर्ट र ट्राउजर लगाउँछु । मलाई दिनभरि बस्न,  पढ्न र काम गर्न सजिलो लाग्छ । ट्राउजरमा भएको गोजीमा धेरै कुराहरू राख्न पनि मिल्छ र निकै सजिलो पनि हुन्छ । हामीले टिसर्ट र ट्राउसर जुनसुकै समयमा पनि लगाउन सक्छौँ । मलाई कालो रङको टिसर्ट र ट्राउजर लगाउन मन पर्छ । टिसर्ट र ट्राउजर म गर्मी र जाडो दुवै समयमा लगाउँछु ।