Logo

Student Corner

प्रकृति

Written by: Asim Paudel - 23013, Grade XII

Posted on: 17 February, 2023

सुन्दरताले भरिएकाे एक अनौठो कुरा हो प्रकृति 

मानवलाई मोहित पार्ने कुरा हो प्रकृति। 

संसारलाई नियममा बढ्ने कुरा हो प्रकृति 

सबै मरेर मिसिने ठाउँ पनि हो प्रकृति। 


 

जीवनमा सुख र आनन्द महसुस गराउने यही 

 कसैको पूरै जीवन ध्वस्त पार्ने पनि यही।  
कुनै आतङ्कको कारण पनि यही 

रचनाको लागि प्रेरित गर्ने पर्ने पनि यही। 


 

जीवनमा  बाँचुन्जेल साथमा हुने यही 

 कसैको जीवन अन्त्य गर्ने पनि यही। 

कसैलाई बाढी पहिरोले मृत्यु दिने यही 

कतै खडेरी भएर मानिस मर्दा पनि यही। 


 

जीवनको सबै काम र दोष यही 
संसारको क्रमको लागि चाहिने पनि यही। 
ऋतुहरु फेरि संसारको अवस्था मिलाउने पनि यही 
संसारमा प्राकृतिक दुर्घटनाको कारण पनि यही। 


 

कसैको जीवनको आशाको किरण यही 

कसैको दुखको कारण पनि यही। 

कसैलाई सुन्दरताले मोहित पर्ने यही 

कसैलाई तर्साउने पनि यही। 


 

मनिश्हरुको दुविधाको रचित पनि यही 

त् त्येस समस्याको नाश्कर्ता पनि यही। 

कसैको वशमा नहुने पनि यही 

र सबैलाई नियन्त्रित गर्ने पनि यही। 


 

कहिको अन्नदाता पनि यही 

त कसैको अन्न नस्ट गर्ने पनि यही। 

धेरै कुराहरुको कारण र कर्ता  य्य्ही 

र केहि दोष नहुदा पनि नाम आउने यही ।