Logo

Student Corner

हाम्राे समुदायका चाडपर्व

Written by: Ridika Gurung - 31024, Grade IV

Posted on: 17 February, 2023

हाम्रो समुदायमा मनाउने चाडपर्वमध्ये ल्हाेसार पनि एक प्रमुख चाड हाे । ल्हाेसार गुरुङ, मगर, तामाङ र शेर्पा जातिले मनाउँछन् । मगरले माघे सङ्क्रान्तिमा ल्हाेसार मनाउँछन् । तामाङले घ्याल्पु  ल्होसार मनाउँछन् । शेर्पाले सोनाम ल्होसार मनाउँछन् र हामी गुरुङले पुसमा तमु ल्हाेसार मनाउँछौँ । मैले नयाँ वर्ष, बुद्धपूर्णिमा, साउने सङ्क्रान्ति, तिज, दसैं, तिहार, विवाहपञ्चमी, छट, मागी, माघे सङ्क्रान्ति, शिवरात्री हाेली सबै चाडपर्व मनाएकी छु । मलाई सबैजसाे चाडपर्वहरू मन पर्छ । होलीमा हामी रङ्गीविरङ्गी रङ र लोलाको प्रयोग गर्छौँ । ल्हाेसारमा मिठाइहरू खान्छाैँ र सबैजना भेला भएर रमाइलो गरेर मनाउँछाैँ । मलाई चाडपर्वहरू मनाउन रमाइलो लाग्छ ।