Logo

Student Corner

मेरो साथी

Written by: Samriddha Sapkota - 24067, Grade XI

Posted on: 16 February, 2023

कति राम्रो साथी मेरो 

सधैँ सँगै हाँस्ने खेल्ने 

यो संसारमा साथी जस्तो 

अरू काेही छैन मिल्ने ।


 

दु:ख  पर्दा आफ्नो व्यथा 

सुनिदिने प्रिय साथी 

सुख हुँदा रमाउँदै जान्छौँ, 

दुःख हुँदा हातेमालाे गरी तान्छाैँ ।


 

कहिले भाग्छौँ घरबाट 

कहिले भाग्छौँ स्कुलबाट 

बेला बेला दु:ख पनि दिन्छौँ 

तर, हामी एकै पनि हुन्छाैँ  ।


 

कुनै काम  गर्दाखेरी 

सल्लाह गरी गर्छौँ हामी

आफ्ना मुटुभन्दा प्यारा

साथीलाई नै मान्छौँ  हामी ।


 

लुकाउँदैनौँ कहिले हामी 

एक आपसका कुरा खाेली

मिठाे लाग्छ साथीकाे साथ

अप्ठ्याराेमा सहारा नै साथीकाे हात ।