Logo

Student Corner

धैर्य

Written by: Anuska Yadav - 26003, Grade IX

Posted on: 16 February, 2023

गुमाउनु हुँदैन धैर्य कहिले पनि 

समय परिवर्तन हुन्छ जहिले नि 

मैले सपना देखेको भन्दा आज

सबै कुरा फरक हुन्छ बिहान साँझ


 

मैले छाेडिदिए सोच्न सबै

म अब केही गर्न सक्दिनँ 

धैर्य एक चीज हो जसले

वास्तवमा परिवर्तन गर्न सक्छ


 

योजना बनाए जस्तो सहज छैन 

त्यहाँ परिवर्तनहरू छन् 

मैले सामना गर्न आवश्यक छ 

आफैँमा ध्यान केन्द्रित गर्दै 


 

बाेली र व्यवहार अब फरक छ 

आफैँमा काम गर्न कठिन छ 

कठिन छ सधैँ सफलता प्राप्त गर्न

धिरता र संयम भएर अगाडि बढ्न


 

नयाँ कुरा हरपल प्राप्त गर्नु छ  

सकारात्मक तरिकाले सोच्नु छ

धैर्य नगुमाई गराैँ परिश्रम

जीवन खुसी हुने छ आजन्म