Logo

Student Corner

दिक्क लाग्दाे दिन

Written by: Pritha Khanal - 30022, Grade V

Posted on: 16 February, 2023

एकदिन,लिसा ब्युँझनुभयो र थाहा भयो कि उनको जाडो बिदा सुरुभएको थियाे । भोलिपल्ट उनको १५औं जन्मदिन थियो, त्यसैले उनी आफ्नो रुख र घर सजाउँन चाहन्थिन् तर पसलहरू टाढा थिए। उनी त्यतै हिँड्न थालिन् । त्यहाँ पुग्न करिब ३० मिनेट लाग्ने थियो तर पनि उनी ८:३८ मा हिँड्न थालिन् । उनी पनि केही समयको लागि उनको सबैभन्दा मिल्ने स्कुलकी साथी मुनुको घरमा रोकिइन्, जहाँ उनका साथीका आफन्तहरू त्यहाँ भएकाले उनीलाई बेवास्ता गरियो। त्यसैले उनी फेरि सजावटकाे पसलतिर हिँड्न थालिन् । उनी १२:५६ मा पसलमा पुगिन्। उनी पसलमा पुग्दा सजावटका सबै सामान बिकिसकेका थिए । लिसा मलिन अनुहार लिएर घर फर्किइन् । उनले सोफामा सुतिरहेका आफ्ना बुबालाई सबै कुरा बताइन् तर लिसालाई सजावटका सामानहरू लिन मद्दत गर्नुको सट्टा आराम गर्न चाहन्थे । लिसा रिसाउँदै आफ्नो कोठामा गइन् जहाँ उनी २ घण्टा सुतिन्, अहिले घडीमा ४ बजेको थियो । लिसा अल्छी महसुस गर्दै ब्युँझिन्। उनी टिभी हेर्न गइन् तर उनकी आमा यसमा व्यस्त थिइन्, त्यसैले उनले आफ्नो आईप्याड समातिन् र गुगल गरेर आफ्नो अर्को दिनको जन्मदिनको योजना बनाउँन चाहन्थिन्, तर इन्टरनेटले काम गरिरहेको थिएन। त्यसैले उनी छिमेकी साथी लक्ष्मीकहाँ गइन्, लक्ष्मी आमाबुबासँग फनपार्क गएकी थिइन्। उनी घर फर्किएर आफ्नो कान्छो भाइ रामसँग खेल्न थालिन् तर राम धेरै आक्रामक भएकोले राम्रो खेल्न सकिनन्, त्यसैले उनी अब आमालाई अँगालो हाल्न गइन्, तर आमा बेलुकाको खानाको लागि भान्साकोठामा व्यस्त हुनुहुन्थ्यो त्यसैले उनी नजिकको पार्कमा गइन्,  तर जाडोको समय भएकाले बाहिर निकै चिसो थियो ।
लिसा अब निराश भएर फर्किइन् तर अचम्ममा परिन् उनका साथी लक्ष्मी र मुनु उनकै घरमा उपस्थित थिए र उनकै रुख र कोठा सजाउँन उनका आमाबाबुलाई मद्दत गर्दै थिए। यो एक धेरै दिक्क लाग्दाे र घमाइलो दिन थियो तर साँझ भने आश्चर्य र हाँसोले भरिएको थियो।