Logo

Student Corner

सूचना र प्रविधि

Written by: Aaron Singh - 32035, Grade III

Posted on: 16 February, 2023

आजको संसार सूचना र प्रविधिको संसार हो । प्रत्येक दिन नयाँ प्रविधि र आविष्कारहरू बनिरहेका छन् । सूचना प्रविधिले आज सम्पूर्ण संसार परिवर्तन भएको छ । हाम्रो जीवनमा सूचना प्रविधिको धेरै महत्त्व छ । कुनै पनि सूचना अथवा जानकारी एक ठाउँ देखि अर्को ठाउँ  अथवा एक व्यक्ति देखि अर्को व्यक्तिसँग आदानप्रदान गर्न सक्छौँ । हाम्रो आफ्नो वरिपरि र दैनिकीमा सूचना प्रविधिहरू प्रयाेग गरिरहेका छौँ । कम्प्युटर , टेलिफोन , मोबाइल , उपग्रह र विज्ञानको तथा अध्ययनको क्षेत्रमा सूचना तथा प्रविधिले ठूलो भूमिका खेलीरहेको छ । लाग्छ यो प्रविधि बिना मानिसहरू बाँच्न नै असमर्थ जस्तो भइसकेका छन् । 
मोबाइल आकारमा सानो जसलाई सजिलैसँग बोकेर हिँड्न मिल्ने र एक ठाउँ देखि अर्को ठाउँको बारेमा जानकारी पाउन सकिन्छ । मोबाइलको विकासले गर्दा मानिसको समयको बचत समेत हुन पुगेको छ । कुनै पनि ठाउँमा भएको घटना सुन्न वा हेर्न अन्य ठाउँको बारेमा जानकारी पाउन यो धेरै मदतगारको रूपमा उपलब्ध भएको छ । मोबाइल कुरा गर्न, चलचित्र हेर्न, गीत सुन्न, खेल खेल्न, फोटो खिच्न आदि विभिन्न काममा समेत मोबाइलले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले विद्यार्थीलाई समेत खेल खेलाउन, पढाइ तथा विश्वको अन्य जानकारी पाउन धेरै सहयोग गरेको छ । त्यसैले मोबाइलले एकदमै उपयोगी साधनको रूपमा काम गरेको छ । यसको सही उपयोग गरी फाइदा लिन सकिन्छ ।