Logo

Student Corner

विवश

Written by: Suprabh Acharya - 27014, Grade VIII

Posted on: 15 February, 2023

मैले साेधेँ बाआमालाई

पास्पाेर्टमा लाइन किन ?

जवाफ पाएँ  बाआमाकाे 

यस्तै हाे रे दिन दिन ।


 

जिज्ञासा थियाे मेराे फेरी

युवा किन देश बस्दैनन्

देश विकासमा नेपालीले 

किन खाेई, कम्मर कस्दैनन् ।


 

बन्द व्यापार केही हुन्न रे 

बेराेजगार धेरै अनि 

न त कानुन बलियाे यहाँ

जनता बस्छन् उदास बनी ।।


 

त्यही भएर एयरपाेर्टमा 

विदेशीने लस्कर छ रे

धन कमाउने आसमा उतै 

धेरै युवा ढले अरे ।


 

तर पनि देशमा 

कुनै अवसर छैन अरे

देशका नेता सबै जना 

रेमिट्यान्स कै भर परे ।