Logo

Student Corner

देशको लागि

Written by: Manasbhi Niraula - 29015, Grade VI

Posted on: 15 February, 2023

औँशीको रातमा चम्किने जुनकिरीजस्तै

अँधेरीमा उज्यालो छर्ने जुनजस्तै

उदाउँदो सूर्यको किरणमा

चम्किने हिमालजस्तै

चम्किन सकूँ म देशको लागि

आकाशमा चम्किने ध्रुवताराजस्तै

अशिक्षाको कालो दाग

पूर्णिमाको जुन बनी

गरिबको कठ्याङ्ग्रिने जाडो

पारिलो घाम बनी

बाबा आमाको लागि

श्रवण कुमार बनी

दिनदुखीको लागि

मदर टेरेसा बनी

विश्वमा शान्ति छर्न

गौतम बुद्ध बनी

देशको सीमाना रक्षाको लागि

मेरा पुर्खाहरूजस्तै वीर बनी 

हटाउन सकौँ देशको दुख

देशको सच्चा सपुत बनी