Logo

Student Corner

मन पर्ने चाड

Written by: Shubha Shree Malla - 31030, Grade IV

Posted on: 15 February, 2023

मेरो मन पर्ने चाड तिहार हो । विभिन्न चाडपर्वहरूका आआफ्नै विशेषता हुन्छन् । त्यसमध्ये तिहारकाे पनि आफ्नै विशेषता छ । तिहार रमाइलाे पर्व हाे । तिहार पाँच दिनसम्म निकै हर्षोउल्लासले मनाइन्छ । विशेष गरी यो पर्वमा कागपूजा, कुकुरपूजा, गोवर्धनपूजा, लक्ष्मीपूजा, गाईपूजा गरेर  भाइटीका लगाएर मनाइन्छ । तिहारलाई दीपावली पनि भनिन्छ । यस पर्वमा थरी थरीका खानेकुराहरू बनाइन्छ । घरमा झिलिमिली बत्ती पनि बालिन्छ । देउसी र भैलाे खेलिन्छ । याे पर्व खुसी, माया र रमाइलोले भरिएकाे पर्व हाे ।