Logo

Student Corner

समय

Written by: Shreyansh Pokharel - 24039, Grade XI

Posted on: 14 February, 2023

समय भनेको कहिलै रोकिदैन,

यसले कसैको पनि भार बोक्दैन,

समयलाई बुझ्न सक्यो भने जीवन असल हुन्छ,

नत्र काम टार्छु भन्ने कुरो यसले पनि सुन्छ ।


 

काम भनेको दिने बित्तिकै गर्नुपर्छ, 

नत्र अप्ठ्यारो आफैलाई पर्छ,

काम समयमा नगर्नेलाई समयले दण्ड दिन्छ,

त्यो दण्डलाई हामीले टार्न असम्भव हुन्छ ।


 

समय भनेको रोक्न नसकिने चिज हो । 

मानिसलाई अनुशासित बनाउने एउटा बिज हो,

समयले भनेको कुरा मान्नु पर्छ,

नत्र हामीले समयले दिएको सजाय भोग्नुपर्छ ।


 

न हामी यसलाई  रोक्न सक्छौँ, 

न यसले हामीलाई रोक्छ नै,

हामीले जे गरे पनि, जसाे गरे पनि

समयले हामीलाई धकेलिरहन्छ । 


 

फूल फुल्नु र ओइलाउनु जस्तै दिन र रात बित्छ

राम्रो कामलाई समयले सधै “ठिक छ” भन्छ

जीवन भनेको निकै छोटो छ

यसलाई सदुपयोग गर्न समयले सिकाउँछ ।


 

समय एक अबिरल गति हो

जसले आफ्नो यात्रा कहिल्लै मेट्दैन

समय एउटा असल चिज हो 

जाे अल्छी छ उसलाई कहिल्यै भेट्दैन ।


 

हाम्रो जीवनलाई अनुसाशन दिने शिक्षक हो समय

हामीलाई सफल बनाउन सहयोग गर्ने शिक्षक हो समय 

सधैँ मेरो सदुपयोग गर  भन्छ, समयले,

नत्र हामीलाई तल झार्न उसले आफैँ खाल्टो खान्छ ।