Logo

Student Corner

भोलि के होला ?

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 14 February, 2023

किन नसुतेको छोरा ?

भोलि निद्रा पूर्ण नहोला,

तिमीलाई आनन्दले सुत्न न दिने,

के कुरा तिम्रो दिमागमा चलिरहेको होला ?


 

ल, भन मलाई छोरा,

तिम्रो दिमागमा के चलिरहेकाे होला ?

भोलि नयाँ स्कुल जाने म

मेरो दिन कस्तो होला ?


 

उत्तर यसकाे छैन छोरा,

भाेलिकाे दिन कस्ताे हाेला

भन्ने कुरा छाेडाैँ न त,

के भोली मैले साथी बनाउँछु होला ?


 

उत्तर यसकाे छैन छोरा,

के तिमीले भोलि साथी बनाउँछाै हाेला ?

साथीको कुरा छाेडाैँ न त,

के मैले राम्ररी पढ्न सक्छु होला ? 


 

उत्तर यसकाे छैन छोरा,

के तिमी राम्ररी पढ्न सक्छौ होला ?

कुनै प्रश्नको उत्तर नभए,

म भोलि स्कुल कसरी जान सक्छु होला ?


 

उत्तर म भन्न सक्दिनँ होला, 

तर, उत्तर तिमी भित्र छ छोरा। 

भोलि तिम्रो दिन कस्तो होला ? 

यो तिमीमाथि भर पर्छ छोरा ।