Logo

Student Corner

नैनीताल घुमघाम

Written by: Nishkarsh Joshi - 28027, Grade VII

Posted on: 14 February, 2023

२२ मङ्सिर २०७२
म बिहान ५:०० बजे ब्युँझिएँ ।  उत्साहले गर्दा म मेरा २ दाजुभाइ आमाबुवा, काका र काकी हामी सबै नैनीताल जाँदै थियौँ हामी सबै उत्साहित थियौँ ।  मैले ब्रस गरेँ र नुहाएर नैनीताल जान तयार भएँ । हामी कञ्चनपुर सिमानामा गयौँ । पहिले एउटा सानो पुल हुँदै जङ्गल र पहाड हुँदै गयौँ ।  म नैनीताल घुम्न निकै उत्साहित थिएँ अनि भोक लागेकोले दिउँसो ३:३० बजेतिर खाजा खान रोकिएपछि कोठा बुक गरेर होटलमा गयौँ । राम्रो थियो तर क्याफेटेरिया राम्रो थिएन त्यसैले हामी त्यहाँ खाना खाएनौँ र त्यहाँ डोमिनोजमा गयौँ ।  हामीले केही बेर पिज्जा र रोम खायौँ ।  त्यसपछि हामी सुत्याैँ ।
नैनितालमा यो दोस्रो र अन्तिम दिन थियो त्यो दिन हामीले नैनितालमा डुङ्गा चलायौँ र जब हामी घुमिरहेका थियौँ ।  हामीले ट्याक्सी भेट्टायौँ ।  जसले हामीलाई सम्पूर्ण ठाउँको भ्रमण गराउँदछ ।  हामी चिडियाखानामा गयौँ ।  त्यहाँ यति धेरै जनावरहरू थिए त्यसैले म स्तब्ध भएँ। चिडियाखानामा पछाडिका जनावरहरू देखेर केही समय तिनै जनावरहरूका क्रियाकलाप देखेँ । त्यसपछि हामी माथितिर गयौँ ।  जहाँ तालको धेरै राम्रो दृश्य थियो  । त्यहाँ पहाड हेर्ने ठाउँ थियो त्यसपछि हामी तिब्बती बजार गयौँ  र नैनीतालबाट फर्केर कञ्चनपुरमा मामाको घरमा बस्यौँ ।