Logo

Student Corner

दिल्लीको मोज

Written by: Pritha Khanal - 30022, Grade V

Posted on: 14 February, 2023

एकदिन एउटी केटी जसको नाम गुलाब थियो। दिल्ली जाने तयारिमा थिई, उनी ४ बजे उठिन् अनि सुटकेस प्याक गर्न थालिन्। ट्याक्सी घर बाहिर आइपुग्यो अनि उनी विमानस्थलतिर लागिन् । उनी आफ्नो ठुली मामुसँग गएकी थिन् । सुरक्षाजाँचपछि उनी लाउन्जमा बस्न गइन् । उनी व्यापार क्लासमा जाँदै थिइन् । हवाइजहाजमा बसिन् र दिल्ली १० बजेर ३० मिनेटमा पुगेर ल्याण्ड गरिन्, अनि उनकी ठुली मामुको घर गइन । दिल्लीको विमानस्थल ठुलो थियो । उनले आफ्नी दिदीको र आफ्नाे लागि धेरै किन्डर एग्ग किनेकी थिइन् । ठुली मामुको घर पुगिन् र त्यहाँ २ जना काम गर्ने दिदी बस्नुहुन्थ्यो र सबै जना मिलेर २ -२ वटा किन्डर एग्ग चकलेट खाए । त्यसपछि उनी र उनकी दिदी बाहिर घुम्न गए । उनीहरू कुरा  गर्दै बाहिर गए । बाहिर अलि अलि खाएर आएकाले उनीहरूले बेलुकाकाे खाना खाएनन् र सुत्न गए । अर्को दिन उनकी ठुली मामु र दिदीसँग एम्बियन्स मल भन्ने एउटा विशाल महल घुम्न गए । एम्बियन्स मलमा पहिला एच एण्ड आम ब्रान्ड पसल गए अनि त्यसपछि एउटा ठुलो खेल्ने ठाउँ महलमा नै थियो, उनकी दिदी र उनी त्यता खेल्न गए । उनीलाई भोक लाग्यो र उनीहरू म्याकडोनाल्ड्समा खान गए । घर फर्कने बेला गुलाबकी दिदीले कुल्फी लिने भनिन् । गुलाबलाई मिठाई चाहियो भनिन्। दुबै चीजहरू उनीहरूले पाए । उनीहरू घर पुग्दा ढिलो पहिले नै भइसकेकाे थियाे । तिनीहरूले त्यस रातको खानामा भात खाए । गुलाबकी दिदी विद्यालय जाने कुरा थियो । उनी जानुथियाे गइन्। दिदी फर्किने बेला २ बजे  गाडी आएपछि तिनीहरू आइसक्रिम लिन जान्छन्  अनि  खेलकुदमा रमाउँछन् । दिदी विद्यालय जाँदा तिनीहरूले रमाइलाे गरे । उनकी दिदी सधैँ स्कुल जानुहुन्थ्यो जब गुलाब त्यहाँ थिइन् । तिनीहरू हरेक दिन आइसक्रिम खान जान्थे किनभने त्यहाँ गर्मी थियो । उनीहरूले कहिलेकाहीँ अनलाइन गेमहरू पनि खेले जुन केवल रोब्लोक्स थियो यो उनीहरूको मनपर्ने खेल हो । गुलाबका अभिभावक पनि शुक्रबार आएका थिए । उनीहरूले जनकपुरको पनि भ्रमण गरेका थिए । बुधबार गुलाब परिवारका सदस्यहरूसँग नेपाल फर्किइन् ।