Logo

Student Corner

हाम्रो वातावरण

Written by: Uddhati Bhattarai - 32040, Grade III

Posted on: 14 February, 2023

वातावरण भनेको हाम्रो वरपरको हावापानी जमिन आकाश सबै हुन् । वातावरण सफा र स्वच्छ भएमा हामीलाई रोग लाग्दैन । जीवन पनि स्वस्थ बन्छ । विभिन्‍न जीवजन्तु वनस्पतिहरूको जीवन चक्र पनि चलिरहन्छ । त्यसैले हामी सबै मिलेर वातावरणलाई स्वच्छ राख्‍नुपर्छ । वातावरण स्वच्छ राख्‍ने केही उपायहरू यसप्रकार छन् ;
- पानीका स्रोतहरूमा र तिनका नजिक फाेहाेर मैला नफाल्ने, 
- ढल नमिसाउने, धेरै धुँवा फाल्ने गाडीहरू नचलाउने, 
- विद्युतीय गाडीहरूको प्रयोग गर्ने, वनजङ्गलमा जथाभाबी आगो नलगाउने,
-  घरबाट निस्कने फोहोरलाई तोकिएको ठाउँमा लगेर फ्याँक्ने, प्लास्टिकका सामानहरू कम प्रयोग गर्ने, 
- वृक्षारोपण गर्ने, सकभर सामानहरू फेरि प्रयोग गर्ने, कुहिने फोहोरहरू मल बनाउने ।