Logo

Student Corner

जीवन

Written by: Abhinav Pudasaini - 23006, Grade XII

Posted on: 13 February, 2023

सफलता यो हैन प्रयास गर्नु ठुलो कुरा हो,
असली जीवन त याे हरेस नखानु कहिले पाे,
जीवन हो यो, यात्रा ठाेक्कर खानु छ धेरै 
जे भए पनि नफाल्नुहोस् आफ्नो प्रतिभा खेरै ।

 

भेटिन्छन् जीवनमा लाखौँ तर जीवन बिताउने आफैँ हो
मागेर कहिले नखानु आफूलाई एउटा रोटी नै काफी हो,
भागी जाने हाेइन समस्याबाट हल निकाल्नुपर्छ
गर्नुपर्छ, काेसिस सफलताले खुसियाली छर्छ  ।

 

आज दुःखको पीडा भने भोलि सुखको उल्लास छर्छ, 
सुखमा कहिले नमात्तिनु दुःख त समयसँगै टर्छ,  
जीवन भनेको सुख मात्र हैन कष्ट पनि गर्नुपर्छ, 
जीवनको हर मोडलाई खोला  तरेझैँ तर्नुपर्छ ।

 

बाँचे पनि मर्ने त भाग्यमा लेखेरै आइन्छ,
तर बाचुन्जेल केही राम्रो काम गरेरै देखाइन्छ ,
भोलि के होला के सोच्नु आज राम्राे काम गरी बाँच्न,
राम्राे नराम्राे कामकाे आफ्नै आत्मा छ नि जाँच्न ।