Written by: Shreeda Risal - 29031, Grade VI
Posted on: 13 February, 2023
दुखी गरिब सबैलाई खुसी दिन पाए हुन्थ्याे
बेराेजगारलाई राेजगार दिई पाल्न सके हुन्थ्याे
सबैकी प्यारी ज्ञानी मान्छे बन्न पाए हुन्थ्याे
नेपाल मेराे विकसित देश भन्न पाए हुन्थ्याे ।
माक्स नलाई विद्यालय आउन पाए हुन्थ्याे
परिवारकाे साथमा सधैँ घुम्न पाए हुन्थ्याे
भाेकाएका सबैकाे पेट भर्न पाए हुन्थ्याे
नाङ्गाे शरीर कपडाले बेर्न पाए हुन्थ्याे ।
सबै खुसी आमालाई दिन पाए हुन्थ्याे
गाेठभरि गाई बाख्रा पाल्न सके हुन्थ्याे
बगैँचामा हरियाली थप्न सके हुन्थ्याे
सधैँभरि देशकै नाम जप्न सके हुन्थ्याे ।
समाजलाई चेननाले भर्न सके हुन्थ्याे
देशकै लागि बाँच्न अनि मर्न पाए हुन्थ्याे
भविष्यमा समाजसेवी बन्न पाए हुन्थ्याे
जीवनकाे यात्रा सफल पार्न पाए हुन्थ्याे ।