Logo

Student Corner

शैक्षिक भ्रमण

Written by: Suprabh Acharya - 2026022, Grade VI

Posted on: 22 July, 2020

कक्षा ४ र ५ का विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि स्कुलबाट १०:०० बजे निक्लियौँ  । हामी कीर्तिपुरको बागवानी केन्द्र भ्रमणका लागि कक्षा शिक्षकसहित निस्किएका थियौँ ।  हाम्रो स्कुलबाट ११ किलोमिटरको दुरीमा रहेको बागबानी केन्द्रमा हामी बिहानको ११ बजेतिर पुगेका थियौँ । मलाई  त्याे  ठाउँ नयाँ भएकाले कस्तो होला भन्ने उत्सुकता  छाएकाे  थियो । साेही कारणले मलगायत मेरा साथीहरू बागवानी केन्द्रकाे अवलाेकन गर्न  हतारिएका थियौँ ।  हाम्रो बसमा धेरै हल्ला भएको थियो । हामीले खानेकुरा पनि लगेका थियौँ ।  हामीले केही खानेकुरा  बसमै खायौँ । त्यहाँ हामीले बिरुवाहरूका नाम पनि पढ्यौँ र आ-आफ्ना कापीमा सार्‍याैँ । 

त्यहाँ किवी, अङ्गुर, नास्पाती, आरु, अनार, सुन्तला, भोगटे, कागती, लोकेट, हलुवाबेद, अम्बा जस्ता धेरै फलफूलका बिरुवाहरू देख्न पायौँ ।  त्यहाँबाट काठमाडौंको दृश्य राम्रोसँग देखिँदाे रहेछ ।  मलाई त्यहाँबाट देखिने  दृश्य  रमाइलो  र राम्रो लाग्यो ।