Logo

Student Corner

दसैँ

Written by: Dinisha Siwakoti - 31042, Grade IV

Posted on: 13 February, 2023

 दसैँ हिन्दुहरूको महान पर्व हो । दसैँ असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा मनाइने चाड हो । यसलाई बडादसैँ वा विजया दशमी पनि भनिन्छ । दसैँ असोज शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ । दसैँको पहिलो दिनलाई घटस्थापना र अन्तिम दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । घटस्थापनाकाे दिनमा विधिपूर्वक देवीको पूजा गरी जमराका लागि जाै, मकै, गहुँ आदि अन्नहरू छरिन्छ । घटस्थापनाको दिनदेखि नाै दिनसम्म नवदुर्गाको पूजा गरिन्छ । सप्तमीका दिन घर घरमा फूलपाती भित्र्याएर देवीको पूजा गरिन्छ । अष्टमी र नवमीको दिन विभिन्न पशुहरूको बलि दिएर देवीको पूजा गर्ने चलन छ । दसाैँ दिन अर्थात् विजयादशमीको दिन आफूभन्दा ठुलाबडा वा आफूले मान्नुपर्ने व्यक्तिबाट टीका, जमरा लगाएर आशीर्वाद र दक्षिणा लिइन्छ । दसैँमा पिङ खेल्ने मिठा मिठा परिकार खाने र आफन्तहरूकहाँ टीका लगाउन जाने गरिन्छ । दसैँमा देश विदेशमा भएका नेपालीहरू आफ्नो घरमा आउँछन् र आफन्तहरू सबै एकै ठाउँमा भेला भएर पूजापाठ गरी खानपान गर्दै हर्षोउल्लासका साथ दसैँ मनाउँछन् ।