Logo

Student Corner

मलाई मन पर्ने पुस्तक

Written by: Ujjwol Dhakal - 33023, Grade II

Posted on: 13 February, 2023

मलाई मन पर्ने पुस्तक ‘गम नै गम’ हाे । याे पुस्तक पढ्दा मलाई निकै रमाइलो लाग्यो । यस किताबका लेखक टङ्क चौलागाईं हुनुहुन्छ । यस कथामा उज्ज्वल तामाङले चित्रहरू बनाउनुभएको छ । यस कथाभित्र राम्राराम्रा चित्रहरू पनि छन् । कथा निकै रोचक र बेलाबेलामा हँसाउने खालको छ । कथा हास्यास्पद र रमाइलाे छ । यस कथामा आभा भन्ने नानी हुन्छिन् । बुबाले कोठामा रङ लगाउनको लागि गम ल्याउनुभएको हुन्छ । बुबाले आभालाई गम नचलाऊ भन्नुहुन्छ अनि बुबा बाहिर निस्किनुहुन्छ । आभालाई खुल्दुली हुन्छ । गमकाे  भाँडामा दुईवटा जाेकर टाँसिएकाे देखेर आभाको झन् खुल्दुली बढ्छ । उनले गम कस्ताे होला ? के गर्छ होला ? भन्ने जिज्ञासा लागेर गमकाे बिर्काे खोल्छिन् ।  त्यसपछि उनले आफ्नो हात गमभित्र चाेप्छिन् । उनले गमबाट धेरै कुराहरू टाँसिन् जस्तैः कापीका पाना, हिसाब किताब, माेबाइलकाे चार्जर, कुचाे, लुगा, तकिया आदि सबै । उनलाई झनै रमाइलो लागेर आउँछ । उनको टाउकोमा पुतली र नाकमा माकुराको जालो सबै टाँसिएको देखेर उनी धेरै रमाउँछिन् । यतिकैमा बुबा आउनुहुन्छ । बुबा छक्क पर्नुहुन्छ । घरका सबै परिवारहरू भेला हुन्छन् अब आभाको मुखमा लागेका सामानहरू झिक्न सबैजना व्यस्त हुनुहुन्छ र सबैजना हाँस्नुहुन्छ । यो कथा पढ्दा निकै रमाइलो हुने भएकोले म बेलाबेलामा यो पुस्तक पढ्छु ।