Logo

Student Corner

मेरी आमा

Written by: Anukul Chapagain - 24078, Grade XI

Posted on: 10 February, 2023

आफू कष्ट भोगी मलाई केही नहोस् भन्ने मेरी आमा 

पीडा र कष्ट भोगे पनि राखिदिइन्  मेरो नाम ।

छोराछोरीको पेट भर्न सोच्दि हुन् के खाने ? 

जति गार्हो भए पनि सोच्दिनन् टाढा छाडेर जाने  ।


 

माया गर्छिन् छोराछोरीलाई अपरम्पार 

जे जस्तो भए पनि उनले खादिनन् हार, 

आमाले माया गर्न कुर्दिनन्, कुनै बार 

जहिले पनि सोच्छिन् छाेराछारी जिम्मेवार ।


 

छोराछोरीले राम्रो लाउन् भन्ने उनकाे चाह 

आमाको कामलाई गर्नुपर्छ सम्मान

किनकि उनले छोडी आईन् माइती, जन्मघर

सबैभन्दा बढी माया गर्ने मेरी आमा तिमी परमेश्वर ।



 

आफू नसुते पनि हामीलाई सुताउँछिन्, 

आफू लडे पनि हामी लड्दा उठाउँछिन् । 

सन्तानलाई माया गर्ने नै हो भन्छिन् आमा 

भगवान्भन्दा पनि ठुली हुन् मेरी आमा  ।