Logo

Student Corner

धर्म आस्था र यथार्थ

Written by: Prashraya Shrestha - 26014, Grade IX

Posted on: 10 February, 2023

हिन्दु धर्म सबैभन्दा पहिला सुरु भएको दर्शन र साझा अवधारणाहरू, अनुष्ठानको एक दायराद्वारा चिन्हित विचारको एक प्रणाली हो । यो धर्ममा वेद, गीता, महाभारत जस्तै धेरै ग्रन्थहरू रहेका छन् । यी ग्रन्थहरूमा विभिन्न कथालगायत संस्कृत मन्त्रहरू रहेका छन्।  हिन्दु धर्ममा धेरै देवीदेवताहरू मान्ने गरिन्छ वा पुज्ने गरिन्छ । सबैभन्दा महत्त्वपूर्ण देवता  ब्रह्मा, विष्णु र महेश्वर हुन् ।अतः एउटा हिन्दु धर्मको अनुनायीको लक्ष्य ब्रम्हसँग एक हुने हो। एउटा हिन्दु ब्रम्हासँग एक हुन आफ्नो धर्म पूरा गर्नुपर्छ । यस्तै हरेक धर्ममा पनि यस्ताे हुने गर्छ । मैले भने विशेषतः हिन्दु धर्मसँग केन्द्रित बनेकाे छु ।  
मेरो विचारमा यी सबै वेद, गीता, मन्त्र र देवताहरू सबै एउटा कथाको रुपमा प्रस्तुत भएका विचारधारा र पात्र मात्र हुन् । यी विचारधारा, कथा र मन्त्रको रूपमा पारित गर्न सजिलो भएका कारण यी विचारधारालाई कथा र मन्त्रहरूमा परिवर्तन गरिएको मात्र हो । हामीले भागवत गीतालाई नै एउटा उदहारणको रूपमा लिन सक्छौँ । भागवत गीता कृष्ण र अर्जुनको बीचमा संवाद हो । यो संवादको परिवेश महाभारतको युद्धभूमिमा रहेकाे छ ।   जब, अर्जुन आफ्नो धर्मको बारेमा प्रस्ट थिएन । त्यति बेला कृष्णले धर्मको महत्त्व बुझाएर अर्जुनलाई धर्मको पक्षमा पारे र अन्तिममा धर्मको नै विजय भयो । भागवत गीताबाट हामीले हाम्रो दैनिक जीवनमा धर्म धेरै महत्त्वपूर्ण छ र धर्मलाई अँगाल्नु नै जीवनमा सफलता प्राप्त गर्ने एकमात्र तरिका हो भनेर सन्देश पाउन सक्छौँ । यो केही  हदसम्म ठिक पनि हो ।  एउटा विद्यार्थीले पढेर मात्र समाजलाई केही योगदान दिन सफल हुन्छ । त्यसै गरी एउटा आमाले आफ्नो पुत्रलाई जन्म दिएपछि उसले समाजमा असल र सफल बनाउन सधैँ लागिरहन्छिन् । एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई सफल बनाउन हरेक किसिमकाे काेसिस गरेकाे हुन्छ । हरेका व्यक्तिहरूको आफ्नाे धर्मअनुसारकाे कर्म हुने गर्छ । हाम्रो समाज सही रूपमा चल्नका लागि हामीले कर्तव्य पूरा गर्नुपर्छ ।  
निष्कर्षमा यी सबै ग्रन्थमा भएका राम्रा कुराहरू सिक्नुपर्छ र हाम्रो जीवनमा सधैँ अपनाउनुपर्छ।  यसर्थ धर्म भनेकाे आस्था त हाे नै तर त्याेभन्दा बढी उसकाे चरित्र र व्यवहार हाे भन्ने बिर्सनु हुँदैन ।