Logo

Student Corner

मेरो सुकुटे बिचको यात्रा

Written by: Arwin Tandukar - 30005, Grade V

Posted on: 10 February, 2023

यसपालिको गर्मी बिदामा हामी सुकुटे बिचको भ्रमणमा गयाैँ । सुकुटे बिच सिन्धुपाल्चोक जिल्लामा पर्दछ । सिन्धुपाल्चोक पुग्न हामीलाई गाडीमा तीन घण्टा लाग्यो। हाम्रो परिवार र मेरो बाबाको साथीको परिवार गरी जम्मा हामी आठ जना गएका थियौँ । गाडीमा मलाई धेरै असजिलाे भएको थियो। तैपनि ठाउँ ठाउँमा गाडी रोक्दै हामी सुकुटे बिच पुग्याैँ । त्यहाँ हामी चिया नास्ता खाएर टेन्ट्मा बास बस्याैँ । भोलिपल्ट बिहान हामी पैदल हिँडेर स्थानीय मन्दिर घुम्न पहाड चढ्न सुरु गरेका थियाैँ । रमणीय दृश्य स्वछ हावा एकदमै रमाइलो थियो। पहाड चढ्दा एकदम भिरालो भएकाले मेरो बाबाको साथी फर्किनु भयो । माथि पुगेर हेर्दा हरियाली वन नागबेली परेको नदी किनारामा बनाइएका साना साना छाप्राहरु धेरै राम्रा देखिन्थ्ये । मन्दिरको दर्शन गरी हामीले एकछिन विश्राम गरेका थियाैँ । हिड्ने बानी नभएकोले हामी धेरै थाकेका पनि थियाैँ । हामी तीन घण्टाको यात्रापछि सुकुटे बिच आइपुग्याैँ । त्यसपछि खाना खाएर आराम गर्याैँ। आराम गरेपछि हामीले एकछिन पौडी खेल्याैँ । हामीले र्‍याफ्टिङ्ग पनि गर्न पायाैँ र अरूले र्‍याफ्टिङ्ग गरेको पनि हेर्याैँ।  र्‍याफ्टिङ्ग गर्दा पानीसँग डर लाग्यो । हामीले धेरै फोटाहरू पनि खिचेका थियाैँ । धेरै खेलकुदका सामानहरू पनि राखिएका रहेछन् । त्यसै भएर म त्यता धेरै समय बसेँ । मैले दिदीहरूसँग बगरमा टेबल्टेनिस र भलिबल खेलेँ । मैले बालुवा पनि खेलेँ । मलाई धेरै मज्जा आयो । हामीलगायत अरू धेरै मान्छेहरू घुम्न आएका थिए । सबैजना आफ्नै तरिकाले रमाइलाे गरिरहेका थिए । कोही पौडी खेलिरहेका थिए । कोही पिङ खेलिरहेका थिए । कोही खोलामा पानी खेलिरहेका थिए । साँझ परेपछि हामी आफ्नो कोठामा आएर आराम गर्याैँ । त्यहाँ रातिको खानाको राम्रो व्यवस्था गरेको थियो । खाना खाएपछि मेरो बाबा र उहाँको साथीले पुल खेल्नुभयो। मैले चाहिँ क्यारेम्बोर्ड खेलेँ । मैले खेलेको देखेर मेरो बाबा पनि आउनुभयो। त्यसपछि मेरी दिदी र दाइले पनि मेरो खेल हेर्नुभयो र मेरो खेल हेरेर सबैले मेरो प्रशंसा गर्नुभयो। रात धेरै परिसकेको थियो। त्यसैले हामीहरू आ-आफ्नो टेण्ट्मा सुत्न गयाैँ । केही समय मलाई निद्रा लागेन। मनमा किरा फट्याङ्रा आउला भनेर डर लागिरहेको थियो। बल्लतल्ल म कति बेला निदाएँछु थाहा नै पाइन। भोलिपल्ट बिहान आठ बजे उठेँ र नास्ता गरेर घर फर्किने तयारी गर्याैँ। हाम्रो गाडी चालक दाइले पनि धेरै रमाइलो गर्नुभयो।