Logo

Student Corner

मेरी हजुरआमा

Written by: Sushant Pokhrel - 32020, Grade III

Posted on: 10 February, 2023

मेरी हजुरआमाको नाम चुनादेवी पोखरेल हो । उहाँ ७८ वर्षको हुनुभयो । उहाँ भक्तपुरको कटुन्जेमा बस्नुहुन्छ । मेरी हजुरआमाले मलाई उहाँको पालाको कुराहरू सुनाउनुहुन्छ । मिठा मिठा कविता र गीतहरू पनि सुनाउनुहुन्छ । मेरी हजुरआमा अहिलेसम्म पनि स्वस्थ र फुर्तिलो हुनुहुन्छ । मेरी हजुरआमाले मलाई धेरै माया गर्नुहुन्छ । उहाँले मलाई सेलरोटी , अनरसा , अर्सा , लड्डु जस्ता मिठा मिठा परिकार बनाएर दिनुहुन्छ । म पनि उहाँलाई धेरै माया गर्छु । मलाई हजुरआमासँग बसेर चाडपर्व मनाउन धेरै रमाइलो लाग्छ ।