Logo

Student Corner

मेराे गाउँ

Written by: Prakarsha Tabdar - 25010, Grade X

Posted on: 09 February, 2023

दुःखी भएकाे थियाे याे मन 
आफ्नाे गाउँ र साथीभाइ भेट्न नपाउँदा 
साह्रै अनाैठाे लाग्छ याे सहर 
आफ्नाे घर भन्न नपाउँदा

अहिले लाग्छ आफ्नाे गाउँ अनाैठाे 
पहिले आफ्नै लाग्थ्याे 
अहिले खाेइ कसकाे कसकाे जस्ताे  
पहिले सँगै खेल्ने साथी 
अहिले भेट्दा अनाैठाे

सबैलाई लाग्छ याे सहर राम्राे 
सबैले साेच्छन् याे ठाउँ आफ्नाे 
तर कसैलाई थाहा छैन  याे मनकाे पीडा 
लगी देऊ मलाई मेराे गाउँ घर फिर्ता

मेराे मन सार्है खिन्न हुन्छ जब 
जहाँ सबैले गर्छन् पर्यटकझैँ व्यवहार 
कहिले हाेला आफ्नाे गाउँ जहाँ आफ्नाे जस्ताे लाग्ने