Written by: Shuvee Lamichhane - 29033, Grade VI
Posted on: 09 February, 2023
बिहान उठी घाम लाग्नु अघि जान्छन् ती खेतमा
ओरालाे झर्छन् नदी नि तर्छन् माटाेकाे भेटमा ।
त्याे चर्काे घाम हावा र हुरी कसरी सहेका
हातमा हात काँधमा काँध राखी काम उनले गरेका ।
किसानहरू खेतमा काम गर्छन् झरीलाई सहेर
नाचगान गर्छन् रमाइलाे गर्छन् राेदीघर गएर ।
सुनका बाला झुलाउँछन् तिनले खेतका गरामा
मिहिनेत गरी फुलाउँछन् खुसी जीवनका पलामा ।
कुलाे खनेर, पानी र मल खेतमा हालेका
महान हुन् तिनी पृथ्वीवासी मानवलाई पालेका ।
बाढी आउँछ, बाली बगाउँछ कसरी आँटेका
पहिराे गयाे घर पनि भत्क्याे तैपनि टिकेका ।
महामानव हुन् ती किसानहरू सुबैका दाता हुन्
धर्ती र आकाश उज्यालाे पार्ने उनै हुन् हाम्रा जुन ।
नदी नाच्याे, हिमाल हाँस्याे उनैका कामले
कामले महान बन्दछन् किसान बन्दैनन् नामले ।