Logo

Student Corner

तिज

Written by: Satakshi Pandey - 31029, Grade IV

Posted on: 09 February, 2023

तिज हिन्दु महिलाहरूको महान चाड हो । यो चाड भाद्र शुक्ल तृतीयाको दिनमा पर्छ । यो पर्वकाे अघिल्लो दिन मिठाइ, फलफूल र अन्य मिठा मिठा खाद्यान्नहरू खाइन्छ । यस दिनलाई दरखाने दिन भनिन्छ । तिजको दिनमा दिनभरि महिलाहरूले केही नखाइ व्रत बस्छन् । भगवान शिवको पूजा गर्छन् । यो पर्वमा विवाहित नारीहरू शृङ्गार गरेर शिवजीको मन्दिरमा गएर नाचगान गरेर रमाइलो गर्छन् । आफ्नो श्रीमानको दीर्घायु र सुस्वास्थ्यको कामना गरी मनाउँछन् । अविवाहित नारीहरू भगवान शिवको आराधना गरी शिवजस्तै पति पाउन यो व्रत बस्ने विश्वास गरिन्छ । यसको भोलिपल्ट बिहान शिव भगवानको पूजा समाप्त गरी प्रसाद खाएर मात्र अरु खानेकुराहरू खान्छन् । यस पर्वमा विवाहित नारीहरू माइतमा गएर दिदी बहिनीहरूसँग भेटघाट गरेर रमाइलो गर्छन् । त्यसैले याे चाड महिलाहरूको लागि अति नै महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ ।