Logo

Student Corner

मेरो परिवार

Written by: Aarambha Pant - 33003, Grade II

Posted on: 09 February, 2023

मेरो नाम आरम्भ पन्त हो । म गोठाटारमा बस्छु । मेरो घरमा हजुरबुबा, हजुरआमा, बाबा, म र मेरी मामु बस्छाैँ । हामी परिवारमा मिलेर बस्छौँ । मेरो हजुरबुबा शिक्षक हुनुहुन्छ । मेरी हजुरआमा गृहणी हुनुहुन्छ । मेरा बाबा र मामु दुबै जना अफिसमा काम गर्नुहुन्छ । म छुट्टीको बेलामा बाबा मामुसँग घुम्न जान्छु । मेरो घरका गमलामा धेरै फूलहरू छन् । म ती फूलहरूमा पानी हाल्छु । म घरमा मेरो बाबासँग क्रिकेट पनि खेल्छु ।