Logo

Student Corner

गौतम बुद्ध

Written by: Bibechana Dangol - 30009, Grade V

Posted on: 08 February, 2023

गौतम बुद्धको जन्म आजभन्दा करिब २६०० बर्षअघि नेपालको लुम्निनी अञ्चलको कपिलवस्तुको राजदरबारमा  भएको हो । उनको बाल्यकालको नाम सिद्धार्थ गौतम हो । उनी बौद्ध धर्मका संस्थापक हुन् ।  उनको बाबुको नाम शुद्धोधन र आमाको नाम मायादेवी हो । गौतम बुद्ध जन्मेको सात दिनमा उनको आमाको मृत्यु भएको थियो ।  
सिद्धार्थ गौतमको जन्मकुण्डली हेरेर ज्योतिषीले बच्चा तपस्या गरेर चक्रवर्ती राजा या सन्त बन्ने भविष्यवाणी गर्छन् । आफ्नो छोरा सन्त बन्ने कुराले उनका बाबु धेरै चिन्तित बन्छन् । उनका बाबुले छोरालाई सन्त हुनबाट बचाउँन दरबारमा बालबालिकाको लागि चाहिने सबै मनोरञ्जनका सामानहरूको व्यबस्था गर्छन । 
दरबारमा जन्मेपनि सिद्धार्थ गौतम दरबारको वातावरणमा भिज्न सकेनन् । उनी सानैदेखि दयालु र शान्त स्वभावका थिए । हुर्केपछि पनि उनको स्वभावमा परिवर्तन आएन ।  उनका बाबु चिन्तित भएर विवाह गरेपछि परिवर्तन हुन्छ भनेर उनको विवाह यसोधरासँग गरिदिन्छन् । यसोधराले छोरालाई जन्म दिन्छिन् र छोराको नाम राहुल राखिन्छ । 
विवाह गरेर छोरा भएपछि पनि  सिद्धार्थ गौतमको बानीमा सुधार आएन।  एकदिन घुम्न जाँदा उनले बाटोमा बिरामी, बृद्ध र मरेको मानिसलाई देख्छन् । त्यसपछि उनको मन झन् बेचैन हुन्छ । उनलाई दरबारमा बस्न मन लाग्दैन। त्यसपछि एक रात सबैजना सुतेको बेलामा आफ्नी श्रीमती, छोरा र सबै परिवार छोडेर जङ्गलतिर लाग्छन्। 
जङ्गलमा उनले धेरै कठोर तपस्या गर्छन् । उनको शरीर धेरै नै कमजाेर हुन्छ । आफ्नो शरीर धेरै नै कमजाेर भएपछि उनी बिहारको गया भन्ने ठाउँमा गएर रुखमुनि ध्यान गर्न थाल्छन् । ध्यान गर्दागर्दै उनले बुद्धत्व प्राप्त गर्छन् । उनले ज्ञान हासिल गरेपछि उनलाई गौतम बुद्ध भन्न थालिन्छ । 
ज्ञान प्राप्त गरेपछि उनी सारनाथ पुगेर चेलाहरूलाई पहिलो उपदेश दिन्छन् । उनका अनुयायीहरू बढ्दै जान्छन् । उनले जिन्दगीभरि नै धेरै जनालाई उपदेश दिए । बुद्धको उपदेशले मानिसको मनमा गहिरो प्रभाव पारेको छ। गौतम बुद्धको शिक्षा सरल थियो । मानिसको जिन्दगी दुःखले भरिएको  हुन्छ भनेर उनले बताए । दुःखबाट छुटकारा पाउने उपाय भनेको लोभ,लालच त्याग्नुपर्छ, सधैँ सत्य बोल्नुपर्छ र सच्चा ध्यानले मानिसको जीवन शान्त हुन्छ।      
आज पनि संसारका धेरै मानिसहरूले उनको उपदेशको पालना गर्छन् । गौतम बुद्धले श्रीलङ्का, जापान, बर्मा ,तिब्बत, माल्दिभ्स,कम्बाेडिया जस्ता देशहरूमा बौद्ध धर्म फैलाए । गौतम बुद्धलाई एसियाको ज्योति पनि भनिन्छ। चालिस बर्षको उमेरमा गौतम बुद्धको निधन भयो।