Logo

Student Corner

पहिलाे दिन

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 08 February, 2023

हिजो मात्र हाे मैले मेरा आमाबुवाको घर छोडेकाे दिन । मैले कपन छोडेँ । मैले धरानको कलेजमा छात्रवृत्ति पाएँ । मेरा आमाबुबाको चाहना थियो कि काठमाडाैँमा नै बसाेस् भनेर तर मैले आमाबुबाकाे काठमाडाैँ बसाेस् भन्ने प्रस्ताव स्वीकार्न सकिन । त्यो कलेजमा पढ्न ठूलो इच्छा थियो । राम्रो कलेजबाट आईटी अध्ययन गर्ने मेरो सपना थियो । मैले आग्रह गरेँ र आमाबाबुले अन्त्यतः जान अनुमति पाएँ । आफन्तको घरमा बसेर अध्ययन गराेस् भन्ने चाहन्थे तर छात्रवृत्तिको पाएकाले कलेजको छात्रावासमा नै बस्ने नियम थियो । बुबाआमालाई बिदाइ गरेर धरानतर्फ लागेँ । बिहान ९ बजे घर छोडेर त्रिभुवन विमानस्थल पुगेँ । म जहाजमा चढेँ र ४५ मिनेटपछि जहाज विराटनगर विमानस्थलमा अवतरण भयो । म ओर्लिएपछि बस समातेर आफन्तको घर गएँ । म केही दिन त्यहाँ बसेँ । अर्को दिन आफूसँग भएकाे सामान छात्रावासमा सार्न म र मामा गयाैँ । छात्रावासको कोठा सानो थियो तर चिटिक्क परेकाे र आरामदायी थियो । झ्यालको छेउमा नै एउटा ओछ्यान थियो ।  झ्यालमा कुनै पनि ग्रिल थिएन । खाटको अगाडि एउटा राम्रो आकारको टेबल थियो । खाटको छेउमा काठको दराज थियो । त्यो दराज पुरानो देखिन्थ्यो तर बलियो थियाे । अनि काेठाभित्र सबै हेरिसकेपछि मैले लुगाहरू निकालेर दराजमा राखेँ । दराजमा मेरा सबै कपडाहरू अटाए । मैले झोलाबाट किताबहरू निकालेँ र डेस्कमा राम्ररी राखेँ । भाेलिदेखि नै छात्रावासमा बस्नुपर्ने भएकाले म मामासँग नै घर जानकाे लागि तयार भएँ । घर फर्किनु अगाडि त्यहाँकाे अन्य वातावरणका बारेमा पनि बुझेर जान मन लाग्याे । त्यहाँकाे चमेनागृहमा गयाैँ ।  बोर्डमा विभिन्न खाने परिकारहरूकाे सूची थियो । जहाँबाट हामीले खाना अर्डर गर्न सक्थ्याैँ । 
म छात्रावासमा दिउँसो मात्र आएँ तर कक्षा भने बिहानदेखि नै लिएकी थिएँ । खाजा खाएपछि म तेस्रो कक्षामा गएँ । कक्षामा शिक्षक थिएनन् त्यसैले हामी विद्यार्थी मात्र थियौँ । म आफ्नाे कोठामा फर्किएँ । राति मैले चमेनागृहमा ( क्यान्टिन ) नै खाना खान गएँ । खाना स्वादिष्ट थियो । खाना खाएर  आफ्नो कोठामा फर्किएँ । मैले केही समय पढेँ र पछि मैले आज दिनमा भए गरेका सबै कुरा लेख्न थालेँ । आजको कक्षाहरू धेरै अल्छी लाग्दो थिए किनकि हामीले आज परिचय मात्र गरेका थियौँ । मैले केही नयाँ साथीहरू बनाएँ र मैले केही पुराना साथीहरूलाई पनि भेटेँ । आज एउटा कक्षामा जान खोज्दा म हराएँ । मलाई कम्प्युटर पढाइ हुने कोठा कता पर्छ भन्नेकुरा थाहा थिएन । म धेरै अलमलमा थिएँ । मैले पुरानो साथीलाई देखेँ । हामी एउटै कक्षामा पढ्थ्याैँ । त्यसैले हामी सँगै कक्षामा गयौँ । कक्षा सकिएपछि हामी सँगै खाजा खान गयौँ । पुरानो साथीलाई भेट्दा राम्रो लाग्यो । हामी ती पुराना दिनहरूका बारेमा कुरा गर्यौं, हाँस्यौँ । केही समयपछि हामी छुट्टियौँ  ।