Logo

Student Corner

मेरी हजुरआमा

Written by: Aaron Singh - 32035, Grade III

Posted on: 08 February, 2023

मेरी हजुरआमाको नाम सुभद्रा सिंह हो । उहाँ ७३ वर्षको हुनुभयो । मलाई हजुरआमाको धेरै माया लाग्छ । हजुरआमा बजार जानुभएको बेला म र मेरी बहिनीलाई चकलेट ल्याइदिनुहुन्छ । हजुरआमा मेरो मामुलाई तरकारी केलाउन र काट्न सहयोग गर्नुहुन्छ । उहाँ घरको छतमा भएको सानो करेसाबारीमा फूलहरु र तरकारी रोप्‍नुहुन्छ । कहिलेकाहीँ म हजुरआमाको घुँडा दुखेको बेला औषधी दिन सहयोग गर्छु । आमा, बाबा घरमा नहुँदा उहाँले म र मेरी बहिनीलाई हेर्नु हुन्छ । हजुरआमाले हामी सबैलाई माया गर्नुहुन्छ । यसरी हजुरआमाको माया र सहयोग पाउँदा म आफूलाई भाग्यमानी ठान्दछु । हामी पनि हजुरआमालाई धेरै माया र सेवा सत्कार गर्दछौँ ।