Written by: Eshan Rajbhandari - 27027, Grade VIII
Posted on: 07 February, 2023
विद्यार्थी हुँ म, शिक्षा र ज्ञान, हासिल गर्दछु
खाली छ मेराे दिमाग र हात सिपले भर्दछु ।
किताबलाई मानी, सिँगारी राख भन्छन् सबैले
सरस्वतीको हुन्छ है बास भन्छन् रे कसैले ।
विद्यार्थी हुँ म, देशको विकास गर्ने छु आफैँले
नेपालीको म,पहिचान राख्छु गर्वको साथैले ।
देशैमा भित्री शिक्षा र ज्ञान हासिल गरेर
विदेशमा गई मिहिनेत गरी, पैसाले भरेर ।
विद्यार्थी हुँ म, सिकेको ज्ञान, प्रयोग गर्नुछ
प्रयास गर्छु असल मानिस सदैव बन्नु छ ।
जे काम गरे नि मैले इमानकाे साथमा गर्दछु
खाँदिन हार परिश्रमले नै याे देश भर्दछु ।
विद्यार्थी हुँ म, अल्छी नमानी समात्छु कलम
दिनदुखीका ती पाेलेका घाउमा लगाउनु मलम
मैले नै देशको इज्जत राख्छु, अगाडि बढेर
देशको विकास गर्ने छु आविष्कारले भरेर।