Logo

Student Corner

खेलकुद सप्ताह

Written by: Pranav Pandey - 31016, Grade IV

Posted on: 07 February, 2023

हाम्रो स्कुलमा खेलकुद सप्ताह पाँच दिनसम्म चलेको थियो । पहिलो दिनमा हामीले दौड खेल खेल्यौँ । यस खेलमा मेची र कोसी सदन विजयी भयाे । दोस्रो दिनमा हामीले दौड र गणित दौड खेल खेल्यौँ । यसमा कर्णाली, मेची र कोसीले बराबर अङ्क ल्यायाे । तेस्राे दिनमा हामीले भकुन्डाे पनि खेल्यौँ । भकुन्डाे खेलमा मेची सदन विजयी भयाे । चौथो दिनमा हामीले बोरा दौड खेल्यौँ र बाङ्गोटिङ्गो दौड पनि खेल्यौँ । यसमा कोसी र महाकाली विजयी भयो । अन्तिम दिनमा बेलुन फुटाउने र डोरी तान्ने खेल खेल्यौँ । यसमा मेची र कोसी सदन विजयी भयो । त्यसपछि हामी विद्यार्थीहरूलाई प्रमाणपत्र र पदक दिइयो । मलाई हाम्रो स्कुलकाे खेलकुद सप्ताहमा निकै रमाइलो भयो ।