Logo

Student Corner

तिहार

Written by: Prisha Poudel - 33039, Grade II

Posted on: 07 February, 2023

दसैँ पछिकाे नेपालीहरूको दोस्रो ठुलो चाड तिहार हो । तिहारलाई यमपञ्चक पनि भनिन्छ l तिहारलाई हामी विशेष चाडको रुपमा मनाउँछाैँ । तिहारकाे पहिलो दिन कागपूजा गरिन्छ । दोस्रो दिन कुकुरपूजा गरिन्छ । कुकुरलाई यमराज धर्मराजका दूत पनि मानिन्छ । तेस्रो दिन घरघरमा लक्ष्मीपूजा र दीपावली गरी मनाइन्छ । चौथो दिन गोरु र गोवर्द्धन पर्वतको पूजा गरिन्छ । यसरी नै पाँचौँ दिनमा घर घरमा भाइटीका लगाइन्छ । यस दिन यमुनाले यमराजकाे घरमा गएर टीका लगाएको दिनको सम्झना गरी भाइटीका मनाइन्छ र टीका लगाइन्छ ।