Logo

Student Corner

आमा

Written by: Sukrit Jung Basnet - 24046, Grade XI

Posted on: 06 February, 2023

रिसाएर बसे पनि फकाउने आमा नै हुन् ।
मिठो चोखो केही पाके चखाउने आमा नै हुन् ।।

आमाजस्तो अर्को कोही हुन्न ममतामयी ।
गाली गरे पिटे पनि हँसाउने आमा नै हुन् ।।

डराउँछिन् कुलतमा लाग्छन् कि सन्तान भन्दै
सत्य बाटो लाग भनी सम्झाउने आमा नैहुन् ।

आमा मात्र संसारमा निःस्वार्थ माया गर्ने
पीडा आफू खेपी सन्तान जन्माउने आमा नै हुन् ।

जति सन्तान भए पनि अटाउँछिन् हृदयमा
नजानेका कुरा सिकाउने नि आमा नै हुन् ।