Logo

Student Corner

यात्रा मनकामनाकाे

Written by: Anuska Yadav - 26003, Grade IX

Posted on: 06 February, 2023

मानिसहरूले आफ्नो जीवनमा विभिन्न यात्राहरू गरेका हुन्छन् । ती यात्राहरू विभिन्न ठाउँमा भएका हुन्छन् । मैले पनि कतिपय ठाउँमा यात्रा गरेकी छु । कुनै यात्राहरू रमाइलाे हुन्छन् र कुनै यात्राहरू साेचेजस्ताे रमाइलाे पनि  नहुने रहेछन् । कहिले परिवारसँग त कहिले साथीहरूसँग विभिन्न ठाउँहरूकाे अवलाेकन गर्न अवसर मिलेकाे छ । आजसम्म मैले घुमेका विभिन्न स्थानहरूमध्ये सबैभन्दा रमाइलाे र आनन्ददायी यात्रा भनेकाे परिवारसँग गरेकाे मनकामनासम्मकाे यात्रा हाे ।
शनिबारकाे दिन थियाे, हामी सम्पूर्ण परिवार मनकामना जाने निधाे अगाडि नै गरेका थियाैँ । बुबाले एक हप्ताअगाडि नै गाडीकाे बन्दाेबस्त गरिसक्नुभएकाे रहेछ । शुक्रबारकाे राती नै कतिबेला बिहान हाेला भन्ने मनमा उत्सुकता भइरहेकाे थियाे । मनकामना जाने उत्साहमा म अरू दिनभन्दा धेरै छिटाे उठेँ । छिटो छिटो उठेर नुवाइधुवाइ गरेँ । तयार हुँदासम्म त गाडी आइसकेछ । छिटाे छिटाे खाजा खाएर फटाफट हामी सबै गाडीमा चढ्यौँ । गाडी एकछिनमै गुड्न थाल्याे । हामीले रमाइलोको लागि गाडीमा गीत बजाउन गाडी चालकलाई अनुराेध गर्‍याैँ । गीत सुन्दै, गीतसँगै गाउँदै यात्रा रमाइलाे हुँदै थियाे । आधाबाटाेसम्म विभिन्न किसिमका गीतहरू सुन्दै गयाैँ । धेरै गीत सुन्दा पनि नरमाइलाे हुँदाे रहेछ । सानाे आवाजमा गीत बजाउन आग्रह गर्‍याैँ । त्यसपछि म भने बाहिरकाे सुन्दर दृश्य हेर्दै थिएँ ।  बुबाले त्यहीबेला कथा सुनाउन थाल्नुभयाे । एउटा कथा सुनाउनु भएकाे थियाे । अर्काे कथा सुनाउन थाल्दा मैले बुबालाई भूतको कथा सुनाउनु भन्दाभन्दै हामी मनकामना पुग्यौँ । गाडी एक ठाउँमा राेकियाे र हामी सबै बिस्तारै गाडीबाट निस्क्याैँ ।  मनकामना कुरिन्टारबाट हेर्दा त अति नै राम्रो थियो । मेरो मन उत्साहले भरिएको थियो । झन् केबलकार चढ़ने उत्साह त अलग्गै नै थियाे तर केबलकार चढ्न लाग्दा कता कता डर पनि लागेर आयाे । एकछिनमै सब डर हरायाे अनि रमाइलाे लाग्दै गयाे ।  हामी केबलकारबाट ओर्लने ठाउँमा पुग्याैँ । हामी मनकामना मन्दिरकाे दर्शन तथा पूजा गर्नका लागि पूजासामग्री किन्याैँ । पूजा गर्नका लागि धेरै भक्तजनकाे लामाे लाइन थियाे । धेरै समय लाइनमा बस्नु परेकाे थियाे । हामी पनि लाइनमा लागेर आफ्नो पालो  कुर्‍याैँ । हाम्रो पालोमा हामीले राम्रो तरिकाले पूजा  गर्‍याैँ र केही मन्दिरबाट केही प्रसाद पायाैँ । पूजा कार्य  समाप्त भएपछि हतार हतार खाना खान होटल पस्याैँ । खाना खाएपछि एकछिन घुमेर घर फर्क्याैँ । बेलुका मात्र काठमाडाैँ आइपुगेका थियाैँ । मनकामनाकाे यात्रा मेरो जीवनको रमाइलो यात्रा भयाे । यो यात्रामा गएर मैले धेरै कुरा सिक्न पाएँ ।