Written by: Yojana gautam - 23068, Grade XII
Posted on: 03 February, 2023
सबै भन्छन् मलाई सधैँ,
“तिमी कसरी यति धेरै मुस्कुराउन सक्छ्याै ?
तिमीलाई दुःख छैन ?”
प्रश्न गर्छन् मलाई ।
रुने कारण छरप्रस्ट नभएका पनि हाेइनन् ,
म निकै नै अटेरी छु ।
मुस्कुराउने बाहाना खोजिरहन्छु,
रोएको कसैले देखेनन् ।
देखे पनि कसले बुझेनन्।
त्यसकारण मैले आफूले आफैँलाई,
वाचा गरेकी छु ।
दुख भुलाउन भए पनि म ,
दुनियाको अगाडि मुस्कुराइरहने छु ।
कहिले रोएको देखेर शत्रुले,
केही भन्छन् कि भनेर
कहिले रोएको देखेर समाजले
कायर भन्छ कि भनेर,
सधैँ यो ओठमा आफैँ हाँसो आइरहन्छ ।
गज्जब अटेरी मन छ,
न मुस्कुराऊँ म भने पनि
आफैँ मुस्कान आइहाल्छ ।