Logo

Student Corner

खै के लेख्ने लेख्ने !

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 03 February, 2023

मस्तिष्कमा विचारहरू धेरै छन्
तर, शब्दमा उतार्न सकिन मैले
भन्ने कुराहरू प्रशस्तै छन् 
तर,खै के लेख्ने लेख्ने

कविता लेख्ने भनेर बसेकी म 
गहिराे साेचमा अल्मलिएँ
शब्दहीन भएकी छु म
तर,खै के लेख्ने लेख्ने

साथीहरूसँगकाे हाँसाे मजाकमा लेख्ने कि
पढाइकाे बाेझमा लेख्ने
एस.ई.ई पछिकाे बिछाेडमा लेख्ने कि 
बाँकी रहेकाे याे थाेरै समयमा भएका 
स्मृतिहरूमा लेख्ने

म अन्याेलमा छु
कलेजपछिकाे जीवन सम्झेर लेख्ने वा
जीवनका बाँकी पृष्ठहरूमा लेख्ने,,,,
खै के लेख्ने लेख्ने !!