Logo

Student Corner

हाम्रो देश

Written by: Pratik Dangol - 27009, Grade VIII

Posted on: 03 February, 2023


यो हाम्रो घर, पवित्र देश, सबैको मनमा
घामको न्यानो, जुनको शितल् छ हाम्रो तनमा। 
देश छ हाम्रो, शान्त र प्यारो, सबैको हृदय
सुन्दर पहाड, हिमाल् तराई, छैन यहाँ केही भय ।

विभिन्न भाषा, चाड र पर्व, हाम्रै हुन्  पहिचान
अग्लो हिमाल, सगरमाथा, छ याे हाम्रो देशमा।
विश्वप्रसिद्ध, गोर्खाली सेना, हाम्रै हुन् पहिचान
विश्वकै जीवित्, कुमारी देवी, छन् हाम्रो देशकी सान ।

मन्दिर गुम्बा, मस्जिद चर्च, हो हाम्रो भिन्नता 
गर्व छ हामीलाई कहिल्यै पनि छैन है खिन्नता 
नेवार बाहुन्, गुरुङ आदि, हुन् हाम्रा सकल
विश्वको भिन्न, त्रिकोण झन्डा, हो देशको सबल ।