Logo

Student Corner

विदेश र आमाबुबाकाे पीडा

Written by: Aadil Poudel - 29001, Grade VI

Posted on: 03 February, 2023

किन जानु विदेश
जब छ आफ्नै देश
त्यहाँ के दिनु परिचय
छाडी सुन्दर भेष ।

छाेरा र  छाेरी कहिले आउँछन् भनी
बाटाे कुरेका आमाबुबा
तर 
छाेराछाेरीकाे मन टाढा पुगिसक्याे 
विदेशकाे धनले स्वदेशकाे माया सेलाइसक्याे ।
दसैँ गयाे तिहार गयाे
शुभकामना दिन्छन् भिडियाेकल गरी 
माया त्यतै हरायाे ।

यही पीडाले सताउँछ 
आमाबुबालाई सधैँभरि
मेहनत गरी विदेश पठाए
साहुले दिनदिनै पिराेल्छ 
ऋण तिर्न सकेका छैनन् 
छाेराछाेरी पठाएकाे 
बसेका छन् मात्र खाेक्राे आशा बाेकी ।

आमाबुवाकाे माया मात्र 
रहेछ अपार
तर छाेराछाेरीले 
माया पिएर विष ओकल्ने 
आमाबुवा राेएका छन् धरधरी
तर छाेराछाेरी वास्ता गर्दैनन् 
बिर्सन्छन् जननी अनि जनकलाई ।