Logo

Student Corner

पानी

Written by: Dinisha Shiwakoti - 31042, Grade IV

Posted on: 03 February, 2023

पानीले हामी सबै जीवहरूलाई जीवन दिइरहेको हुन्छ । सबै जीवहरू पानीविना धेरै दिनसम्म बाँच्न सक्दैनन् । हाम्रो याे शरीरमा ५० देखि ७५ प्रतिशत पानी नै पानी हुन्छ । पानीका धेरै महत्त्वहरू छन् । पानी पिउन, खेतबारीमा सिँचाइ गर्न, भाँडा माझ्न, सरसफाइ गर्न आदि काममा प्रयोग हुन्छ । पानीका धेरै स्रोतहरू पनि छन् । खाेला, नदी, धारा, कुवा, इनार, झरना, पोखरी आदि पानीका स्रोतहरू हुन् । पानीविनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ ।