Logo

Student Corner

विज्ञान प्रविधि र २१ औँ शताब्दी

Written by: Pranish Khanal - 24080, Grade XI

Posted on: 02 February, 2023

विज्ञान र प्रविधि आज हाम्रो लागि कुनै नौलो कुरा होइन । आज हाम्रो दिनको सुरूवातमा बज्ने घडीदेखि बेलुका निभ्ने बत्तीसम्म सबै विज्ञान र प्राविधि अनि विकासको देन हो ।  विज्ञान र प्रविधिले नै हाम्राे आजको आधुनिक सभ्यताको पनि स्थापना गरेको हो । यो २१ औँ शताब्दी हो । यस समयमा हाम्री प्रविधि मै पूर्ण रूपमा निर्भर छौँ । हामीलाई कुनै पनि काम गर्ने  बेलामा घडी चाहिन्छ , घुम्नका लागि गाडी इत्यादि चाहिन्छ , सञ्चारका लागि फोन चाहिन्छ र यस्तै गरी हामीले गर्ने अधिकांश कार्यहरूमा प्रविधिको ठुलो भूमिका रहेकाे हुन्छ । तर पहिलाे यस्तो अवस्था थिएन ।

आज करिब ४०-५० वर्ष अगाडिसम्म पनि फोन गर्न सदरमुकाम जानुपर्ने बाध्यता थियो । घडीमा समय बितेसँगै, मानिसहरू पनि समयानुकूल परिवर्तन भए । त्यसै परिवर्तनको देन प्रविधि हो । पहिले मानिसहरूको जीवन निकै आश्चर्यजनक थियो । नत कुनै गाडी हुन्थे नत सञ्चार माध्यम र नत कुनै साधन नै थिए । यस्तो अवस्था पार गरेको मानिसले आज प्रविधिको अनुपस्थिति भएमा गाँस निल्न सक्दैन । आज यस्ता लाखौँ बहुउपयोगी प्रविधिहरू थुप्रै छन् । मनिसलाई बिरामी हुँदा जानुपर्ने अस्पताल पनि विज्ञान प्रविधिकै देन हो । यसरी स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात आदिका क्षेत्रमा ठुलो योगदान दिए तापनि विज्ञान र प्रविधिको खराब पक्ष पनि अवश्य छ । विज्ञानको विकासले मानव सभ्यतामा रसायन शास्त्र , जीव विज्ञान र अन्य प्रविधि चिनाएको थियो । तर आजको यस २१ औँ शताब्दीमा यिनको उपयोग साथ साथै दुरूपयोग पनि धेरै भएको छ । हामीले आसपास छरछिमेकमा हेर्दा रसायन, ध्वनि, वायु , आदिको प्रदूषण प्रशस्त मात्रामा देख्न सकिन्छ । यति मात्र नभएर , मानिसको स्वास्थ्यमासमेत असर गर्ने गरेकाे छ । यी लगायतका समस्याहरू सबै विज्ञान र प्रविधिले निम्त्याएको भनिए तापनि कारक भने मानव आफैँ रहेको बेहोराप्रति हामी आफैँ सम्वेदनशील हुनुपर्छ । विज्ञान हाम्रो जीवनको महत्त्वपूर्ण भाग हो । विज्ञानकै कारण मानिसले आफ्नो जीवन सहज रूपमा जीउन सकेको छ । विशेषतः युरोपियन राष्ट्रहरूमा "पुनर्जागरण " आएसँगौ विज्ञान र प्रविधिको विकास भएको मानिन्छ । त्यसलाई पछ्‌याउँदै विश्वभरका मुलुकहरूमा विज्ञानले परम्परागत मानसिकता माथि हात पारेको पनि मानिन्छ । नेपालमा भने, विज्ञान र प्रविधिले ढिलो फड्को मार्यो । तुलनात्मक हिसाबले ढिलो भए तापनि, प्राविधिक विकास भने परिवर्तनशील रहेको पाइन्छ । विश्वभरमा प्रविधिको रूपमा  टिभी, फ्रिज , फोन, वेबसाइट, आदि चिनिन्छन् । तर यस सताब्दीमा प्रविधि भने अणुदेखि अन्तरिक्ष परमाणुसम्म फैलि सकेको छ "परमाणु बम", "अन्तरीक्ष यान", आदि यसका जीवन्त उदाहरणहरू हुन् ।

समयमा पछाडि फर्केर हेर्दा लाग्छ, कुनै सपना पो होकी ! तर वास्तविकता यही हो । २१ औँ शताब्दीको मानव सभ्यता कल्पनाभन्दा चाँडो परिवर्तन भएको छ । दिनप्रति दिन बढ्दै गएको कृत्रिमता, नयाँ र अनौठा प्रजातिको आविष्कार र मानवको लक्ष यस युगमा निकै ठुलो छ । उक्त गतिमा सबैले आफूमा परिवर्तन नल्याए मानिस अब पछि पर्ने निश्चित छ । यो युग विज्ञान र प्रविधिकै हो र त्यससँग हात मिलाउन नसके जीविकोपार्जन गर्न समेत कठिन छ । यस तथ्यलाई ध्यानमा राखेर सबै अघि बढ्नुपर्छ ।