Logo

Student Corner

आकाश

Written by: Eshita Lal - 28015, Grade VII

Posted on: 02 February, 2023

निलो निलो रङ भएकाे ओहो! यो त कस्तो 
निलो निलो आकाशमा सेता बादलहरू रहन्छन्
सेता र काला बादल झै  आकाशलाई सजाउँछन्  
त्यसमा चराहरू उडी दृष्यलाई सुधार्ने गर्दछन् ।

आकाश नभए त पृथ्वीकाे सुन्दरता पछि भाग्दछ
आकाश भएर मात्र हो सुन्दरताले पृथ्वीका लागि भाग्दछ
चराहरू उडी आकाशलाई पूरा भरिदिए
निलाे निलो रङ रहेको आकाशमासुन्दर प्रकृति छाइदिए ।

आकाशले समुद्रजस्तो आकृतिलाई झल्काउँछ
बादल लहरा बनेर आकाशमा सर्दछ
छैन केही योभन्दा विशाल यस धर्तीमा
अग्ला अग्ला रुखहरूलाई साना देख्दामा ।

सुर्य पनि यहाँ नै बादल बिच बस्दछ
दिनमा सुर्य भए रातमा चन्द्रमालाई पुकार्दछ
आकाश नभइ के धर्ती सूर्य चन्द्रमा त  हराउदछ
आकाश नभएएमा  पाताललाई जनाउँदछ

आकाश त हो एक महत्त्व प्रकृतिको भाग 
योभन्दा छैन कुनै अरू विशाल धर्तीमा
सुर्य देवता‌ भए पनि आकाशमा थाम्दछ
चन्द्रमासँग आकाश त रातै रात रमाउँछ