Logo

Student Corner

फूल

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 02 February, 2023

फूल तिमी फूल्छौ 
बोटैमा, रङ्गीन हुन्छौ
तिमी।
तिम्रा त हुन्छन् पात
हरिया । 
निला आकाश छन् माथि 
तिमीसँग जोडिएका छौ
तिमी जमिनसँग ।
पानी तथा घामको
किरण चाहिन्छ ठुला
हुन् ।
आउँछौ तिमी
सानो बोटमा कि त 
ठुला-ठुला रुखमा ।
सेतो, रातो,पहेँलो 
छौ तिमी रङको ।
बास्ना आउँछ राम्रो
तिम्रो, सधैँ सुँघेर
रहौँ जस्तो।