Logo

Student Corner

लेखाैँ त के लेखाैँ ?

Written by: Nishan Shrestha - 25008, Grade X

Posted on: 01 February, 2023


लेखाैँ त के लेखाैँ ? 
आफ्नो भविष्य लेखाैँ कि ?
आफ्नो वर्तमान लेखाैँ कि ?
आफ्नो भूतकाललाई कोरूँ ?

लेखाैँ त के लेखाैँ ? 
नेताहरूका बारेमा लेखाैँ ? 
या, भ्रस्टाचारीमाथि कलमकाे मसी खेर फालाैँ ?
या  शब्दहरूको विनाश गराैँ ?

लेखाैँ त के लेखाैँ ? 
आफ्नो भावनाहरू लेखाैँ या 
समयकालको बारेमा लेखाैँ या
मानवको कुरूपताको बारेमा लेखाैँ ?  

लेखाैँ त के लेखाैँ ? 
या गृहकार्यको बारेमा लेखाैँ ?
आफ्नो टाउको के दुःखाऔँ ?
गृहकार्य गर्नुको पीडा के देखाऔँ ?
लेखाैँ त के लेखाैँ ?