Logo

Student Corner

खेलकुद सप्ताह

Written by: Himamsu Bal - 31009, Grade IV

Posted on: 01 February, 2023

हरेक वर्ष झैँ यो वर्ष पनि हाम्रो स्कुलमा खेलकुद कार्यक्रम आयोजना भएको थियो । हामी सबैजना खेल खेल्न उत्साहित थियाैँ । हामीहरू सबैलाई विभिन्न समूहमा बाँडिएर खेल कार्यक्रम सञ्चालन भएको थियो । कपर्दी, पचास मिटर दौड,  बेलुन फुटाउने खेल, डाेरी तान्ने, बाङ्गोटिङ्गो दाैड, बोरामा पसेर दौडने आदि खेलहरू हामीले खेल्याैँ । खेल कार्यक्रम एक हप्तासम्म चलेको थियो । सबै खेल समाप्त भएपछि अन्तिम दिन विजेता टिमलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । मैले पनि दुईवटा विधामा पदक र प्रमाणपत्र पाएँ । मलाई धेरै रमाइलो भयो । खेल खेल्दा धेरै मज्जा पनि हुने रहेछ । हामीले एकहप्ता कक्षामा गएर पढेनाैँ । हाम्रा कक्षाहरू नै सञ्चालन भएन ।