Logo

Student Corner

गरिबी:कारण र प्रभावहरू

Written by: Himani Bhattarai - 24021, Grade XI

Posted on: 31 January, 2023

 गरिबी भनेको परिवारका अत्यावश्यक आवश्यकताहरू जस्तै खाना, आवास, लत्ताकपडा र शिक्षा पूरा नहुने अवस्था हो । साक्षरता, बेरोजगारी, भोकमरी, आदि पनि गरिबीका परिणाम हुन् । संसारका लगभग सबै राष्ट्रहरू गरिबीका  बारेमा चिन्तित छन् । धेरै मानिसहरू गरिबीमा फसेका छन् । सामाजिक र आर्थिक  स्तरमाथि लैजान थुप्रै अवसरहरू हुन्छन् । यद्यपि गरिबीमा जन्मिएको मानिस सधै गरिब नै रहन्छ भन्ने पनि हुँदैन । व्यक्तिहरूलाई गरिबीबाट बाहिर निकाल्न र असमानता कम गर्न सामाजिक सहायता कार्यक्रमहरूलाई सबै तहमा शिक्षा, सिप विकास जस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ ।
गरिबीका विभिन्न कारणहरू छन् तर सबैभन्दा महत्त्वपूर्ण भनेको बेराेजगारी र बढ्दाे  जनसङ्ख्या हो । बढ्दो जनसङ्ख्याले देशको स्रोत र बजेटमा भार थपिरहेको छ । बढ्दो जनसङ्ख्यालाई गाँस, बास, कपास र रोजगारी उपलब्ध गराउन सरकारहरूलाई गाह्रो परिरहेको छ । बढ्दो जनसङ्ख्या सँगसँगै गरिबीका प्रमुख कारणहरू शिक्षाको अभाव, द्वन्द्व, प्राकृतिक प्रकोप, रोजगारीको अभाव, अपर्याप्त पूर्वाधार, राजनीतिक अस्थिरता, आदि हुन् ।
कामको नपाउँदा एक व्यक्तिले आफ्नाआवश्यकताहरू पूरा गर्न सक्दैन । उसको परिवारका आधारभूत आवश्यकताहरू पुरा हुँदैनन् । उसको परिवार गरिबीमा झर्छ । शिक्षाको कमी भएको व्यक्तिले कम तलबमा काम गर्नुपर्छ । जसले उसलाई आर्थिक अवस्था कमजाेर भएको मानिस बनाउँछ । गरिब परिवारले मात्र  गरिबीको अभाव अनुभव गर्न सक्छ । गरिब मानिसहरू स्वस्थ खाना र पोषण उपभोगका लागि निकै सङ्घर्ष गर्छन्, जसले तिनीहरूको काम गर्ने क्षमतालाई पनि  असर पार्न सक्छ । काम गर्ने क्षमतामा असर परेपछि त्यो परिवार आजीवन गरिबीको सिकार हुन सक्छ । न्यून आय भएका परिवारका बालबालिकाले कहिले पनि पर्याप्त पोषण वा शिक्षा पाउँदैनन् । साना साना बालबालिका पनि काम गरेर परिवार पाल्न बाध्य हुन्छन् । जसका कारण उनीहरूको बाल्यकाल बर्बाद हुन सक्छ । तिनीहरूमध्ये कोही लुटपाट, हत्या वा चोरी जस्ता अपराधहरूमा पनि संलग्न हुन सक्छन् । गरिब व्यक्ति अशिक्षित भएर स्वास्थ्यकाे पनि ख्याल गर्न सक्दैनन् । उनीहरू  बारम्बार बिरामी पर्छन् । उनीहरूको स्वास्थ्य खस्कन्छ । स्रोतसाधनको अभावमा गरिबीकाे मारमा व्यक्तिले शिक्षा हासिल गर्न नसकी रोजगारी पाउन सक्दैन । तब घरपरिवारको पनि स्वास्थ्य नाजुक हुन्छ । 
गरिबीको समस्यालाई सम्बोधन गर्न हामीले तुरुन्तै उपयुक्त कदम चाल्नुपर्छ । बढ्दो जनसङ्ख्यालाई रोक्न परिवार नियोजनको अभ्यास गर्नुपर्छ । भ्रष्टाचार उन्मूलनका लागि कदम चाल्नुपर्छ । त्यस्ता गरिबीकाे मारमा परेकालाई केही राहत स्वरूप राहत सामग्री उपलब्ध गराउनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरा परिचयपत्रकाे आधारमा निःशुल्क हुनुपर्छ । गरिबी व्यक्तिगत समस्याभन्दा पनि राष्ट्रिय समस्या भएकाले सबै मिलेर यसलाई निराकरण गर्नुपर्छ ।