Logo

Student Corner

प्राकृतिक सम्पदा

Written by: Phoebe Shrestha - 26016, Grade IX

Posted on: 31 January, 2023

हामी जान्दछौँ कि नेपाल जलस्रोतमा धेरै धनी छ । हामीले यी चीजहरूकाे उचित रूपमा प्रयोग गरेका छौँ । कुनै न कुनै ठाउँ र समयमा धेरै उपयोगी हुन्छ । ब्राजिल जलस्रोतमा धनी हुने पहिलो स्थान छ भने नेपाल दोस्रो स्थानमा आउँछ । तर के अरू मानिसहरू वा तपाईं र म त्यस्तो सोच्नुहुन्छ ?  हामीसँग यसको बारेमा सबै कुराकाे जानकारी छ तर हामी सही रूपमा प्रयोग गर्न सक्षम छैनौँ । हाम्रो देशमा पनि ग्लोबल वार्मिङकाे प्रभाव परेकाे छ र हामी त्यसबाट पीडित छौँ । जहाँ विश्व  बन्दाबन्दीमा रहँदा ओजनतह पातलिँदै गएकाे र प्वाल परेकाे ठाउँमा टालिएकाे कुरा सामाजिक सञ्जालमा पढ्न पाइएकाे थियाे । साे समयमा विश्वभरि वातावरण प्रदूषण नभएकाे कुरा प्रस्ट हुन्थ्याे । नेपालमा पछिल्लो समय प्राकृतिक समस्याहरू बढ्दै गएका छन्, जस्तै:- वन फँडानी दिनानुदिन बढ्दै गएको छ । अत्यधिक मात्रामा माटाे प्रदूषण भएकाले हामीले दैनिक जीवनमा प्रयाेग गर्दै आएका खाद्यपदार्थ खानु पनि उपयुक्त नभएकाे देखिन्छ । प्रत्यक्ष रूपमा यसको असर बर्षेनि हुने माटाेकाे उर्वराशक्तिमा देखा पर्दछ । नेपाल हरियालीले भरिएकाे देश हो । नेपालमा ग्रामीण भेगदेखि सहरसम्म धेरै खेतबारी छन् । हाम्रो देशको प्राकृति साैन्दर्य प्रदूषण र आधुनिक तथा अव्यवस्थित जीवन शैलीको कारणले मर्दैछ । हामीले सुरुदेखि नै वन विनाशको लागि आवाज उठेको र उठाएकाे पनि देख्छौँ तर त्यसकाे कार्यान्वयन केही पनि गर्दैनौँ । हामी पानी र पैसा आदि बर्बाद गर्दैछाैँ कि ? हाम्रो देश साँच्चै सुन्दर छ तर हामी हाम्रो देश बचाउन खोजिरहेका छैनौँ। आजकल हामी आफ्नो घर वा काम गर्ने ठाउँमा जथाभाबी फोहोर फाल्ने गर्छाैँ तर यसको मुख्य असर हामीले जीवन जिउने वातावरणमा परिरहेको छ भन्ने विषय थाहा पाउन अत्यावश्यक रहेकाे छ । आजकाे समयमा मानिसहरू केवल स्वार्थी छन् र तिनीहरू आफूलाई नै सर्वाेच्च ठान्छन् ।

मानिसहरू केवल आफ्नो स्वार्थकाे लागि प्राकृतिक स्राेतकाे प्रयाेग गरेका हुन्छन् । जसले गर्दा विभिन्न वन्यजन्तुहरूको आश्रयस्थल नै सखाप हुँदैछ । त्यस्तै आगलागीका कारणले जङ्गलमा रहेका बाेटबिरुवा तथा अनेकाैँ प्राणीहरूमा धेरै असर पुर्‍याएकाे छ । यसरी वायु प्रदूषण बढवा दिने ठूला कलकारखाना र उद्याेगहरूकाे विकल्पमा अरू साेच्न ढिलाे गर्नु हुँदैन । तापमान धेरै पटक तलमाथि भइरहेकाे छ । पर्यटकहरू नेपाल भ्रमण गर्छन् । यसकाे कारण हाे नेपालकाे सुन्दरता । तिनै सुन्दर ठाउँहरू घुम्नका लागि नै नेपाल आउने गर्छन् । नेपाललाई अन्य देशसँग तुलना गर्दा नेपाल सुन्दर छ र धेरै मानिसहरूले यसको प्रशंसा पनि गरेका छन् । नेपालमा ६ हजारभन्दा बढी नदीहरू छन् ।  हामीले हाम्रो देश र यसको सौन्दर्यलाई कसरी सुरक्षित राख्न सक्छौँ भनेर सोच्न आवश्यक छ। हामीले अहिले श्वास फेर्ने हावा वनजङ्गलका कारणले हाे । त्यसले हामी सबैले सबै किसिमका प्राकृतिक सम्पदाहरूकाे सुरक्षा गर्न  अति नै आवश्यक रहेकाे छ ।